×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पर्सा अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी

पर्सा अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय भएको भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।

प्रतिकृया दिनुहोस्