×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित

संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा छलफल गर्न भनेर आज बस्ने भनिएको संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित भएको छ ।

बैठक आज दिउँसो एक बजे बस्ने तय भएको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई छलफलका लागि बोलाइएको थियो । तर मन्त्री उपत्यका बाहिर भएकाले बैठक स्थगित गरिएको हो ।

अब भोलि बिहान साढे ११ बजे बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने छ  ।
 

प्रतिकृया दिनुहोस्