×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं । निर्माणाधीन सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । यस परियोजनामा कुल तीन वटा वाइपास निर्माण गरिँदैछ । यसमध्ये बाइपास सुरुङ ३ को २६ भदौका दिन ब्रेक थ्रु भएको थियो ।

शुक्रबार बाइपास सुरुङ १ को ब्रेक थ्रु गरिएको हो । बाइपास सुरुङको लम्बाइ १३० मिटर र बाइपास १ को लम्बाइ १५१ मिटर रहेको छ । बाइपास २ सुरुङको लम्बाइ १६१ मिटर रहेको छ । जसको अहिलेसम्म ११७ मिटर खनिएको छ ।

सिद्धबाबामा मुख्य सुरुङको लम्बाइ आधा खनिएको छ । पछिल्लो तथ्यांक अनुसार मूख्य टनेल ५ सय ४५ मिटर खनिएको छ ।

यस आयोजनामा ११ सय २६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । सिद्धबाबा सुरुङको ठेक्का दुई वर्ष अगाडिदेखि नै लागेको भए पनि काम भने गत माघदेखि सुरु भएको हो ।

प्रतिकृया दिनुहोस्