×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

निजामती विधेयकको प्रतिवेदन तयार

निजामती विधेयकको प्रतिवेदन तयार

काठमाडौं। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनको मस्यौदा तयार भएको छ ।

जसमाथि छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा तथा सुशासन समितिको बैठक आह्वान भएको छ । समिति सचिवालयका अनुसार आगामी आइतबार बिहान समितिको बैठक बस्नेछ । समितिको बैठक सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बस्नेछ ।

निजामती सेवा विधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

संघीय निजामती सेवासम्बन्धी विधेयकमा साम्सदहरुले १२४ समुहमा एक हजार ५८३ वटा संशोधन परेको छ । २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।

प्रतिनिधि सभाको चालू कार्यकालमा समेत विधेयक अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भनेर सरोकारवालाहरुले प्रश्न गरिरहेका छन । यही बेला राज्य व्यवस्था समितिले बिधेयकको प्रतिवेदन तयार पारेको छ । जसमाथि छलफल गर्न आइतबार बैठक राखिएको छ ।

प्रतिकृया दिनुहोस्