×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

तरबार र ढालसहित एमालेको प्रदर्शन

तरबार र ढालसहित एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ताहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक तरबार र ढालसहित प्रदर्शन गरेका छन् ।

काठमाडौंमा गणतन्त्र दिवसलाई उत्सवमय रुपमा मनाउन भन्दै प्रदर्शनमा उत्रिएकाहरुले तरबार र ढालसहित प्रदर्शन गरेका हुन् । यो र्‍यालीको अग्रपंक्तिमा एमाले सचिव लेखराज भट्ट लगायतका नेताहरु छन् ।

उनीहरुले गणतन्त्र जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका छन् ।

र्‍यालीमा एमाले नेताकार्यकर्ताहरु साँस्कृतिक झाँकीसहित सहभागी छन् । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्‍याली भृकुटीमण्डपमा पुगेर भेला हुनेछ । त्यसपछि भद्रकाली, शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर कोण सभामा परिणत हुनेछ ।

सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्