×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

लहानमा आमा-छोरा मृत भेटिए, ९ महिने शिशु सिकिस्त

लहानमा आमा-छोरा मृत भेटिए, ९ महिने शिशु सिकिस्त

जनकपुरधाम । सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन् । लहान नगरपालिका-१ मटिअर्वा घर भइ लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र खाटमाथि जेठा छोरा एरोन मृत फेला परेका हुन् ।

नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको जनाएको छ ।

घटनास्थलमा प्रहरी पुग्दा कोठा भित्रबाट चुकुल लगाइएको थियो । त्यही फल्याटमा बस्दै आएकाले खबर गरेपछि प्रहरी पुगेर ढोका खोलेको थियो । आमाले घरायसी विवादमा दुई छोरालाई विशेष खुवाएर आफैंले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिकृया दिनुहोस्