काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ८० रुपैयाँ बढेर प्रतितोला चार हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।