काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ६ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १०५ रुपैयाँ घटेर प्रीततोला ३ हजार ४० रुपैयाँमा कारोबार भैरहेको छ ।