काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको छ । सो पार्टीले गत असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनपछि नेताहरूको जिम्मेवारी बल्ल तोकेको हो ।
अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका हुन् ।
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् त्यस्तै एकीकृत समाजवादीले नेताहरूलाई विभागीयसहित मोर्चा तथा फाँटका प्रमुख उपप्रमुख र इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी तोकेको छ । विभागीय प्रमुखको जिम्मेवारी पदाधिकारी र पोलिटब्युरो सदस्यले पाएका छन् भने जिल्ला र निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरूले पाएका छन् ।
पार्टीले नेताहरूको जिम्मेवारी एक वर्षका लागि तोकेको जनाएको छ । निर्धारित विधि र मापदण्ड अनुरूप हरेक ४ महिनामा कार्यसम्पादन मूल्याङकन गर्दै कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिम्मेवारी हेरफेर गर्ने सो पार्टीले जनाएको छ ।
सूची-