×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धितोपत्र बोर्ड अध्यक्षको सर्टलिस्टमा ४ जना

धितोपत्र बोर्ड अध्यक्षको सर्टलिस्टमा ४ जना

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार गरेको छ ।

आवेदक ४७ जनामध्येबाट ४ जना छनोटमा परेका छन् । छनोटमा परेकामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपाल भट्ट रहेका छन् । यी चार जनालाई समितिले जेठ ८ गते छुट्टाछुट्टै छलफलका लागि अर्थमन्त्रालयमा बोलाएको छ ।

समितिले यी ४ मध्येबाट अब कम्तीमा ३ जनाको नाम अध्यक्षका लागि मन्त्रिपरिषद्‌मा सिफारिस गर्नेछ । समितिले सिफारिस गरेकामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।

प्रतिकृया दिनुहोस्