×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । भोलि (बुधबार) बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ । ‘सम्माननीय प्रधानमन्त्री के।पी। शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने,’ सम्भावित कार्यसूचीको दुई नम्बरमा लेखिएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिकृया दिनुहोस्