×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्री र गृहमन्त्री

राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्री र गृहमन्त्री

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीसहित छलफल गर्दैछ । बैठकमा प्रधामन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि आउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाएको हो ।

बैठक मध्याह्न सवा १२ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मान अधिकार समितिको सभाकक्षमा बस्दैछ ।

प्रतिकृया दिनुहोस्