×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

स्पष्टीकरण सोधिएकामध्ये २४ उम्मेदवारले बुझाए आयोगलाई जवाफ

स्पष्टीकरण सोधिएकामध्ये २४ उम्मेदवारले बुझाए आयोगलाई जवाफ

काठमाडौँ । निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेकोमा २४ जनाले प्रस्टीकरण बुझाएको जानकारी दिएको हो । 

‘आयोगले ३४ वटा राजनीतिक दल र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ पाइसकेका छौँ,’ पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

आचारसंहिता र निर्वाचन कसुर तथा सजाय ऐनको व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि आयोगले जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

प्रतिकृया दिनुहोस्