×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको प्रमाणित गर, त्यसको डबल दान दिन्छौं

अध्यक्ष ओलीले कम्बोडियामा लगानी  गरेको प्रमाणित गर, त्यसको डबल दान दिन्छौं

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई जवाफ दिएका छन् ।

दरबारमार्गमा आयोजित सभाबाट महासचिव पोखरेलले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने बताए ।

उनले कम्बोडियामा लगानी गरेको भन्ने आरोपको खण्डन गरे । एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उनले बताए ।

दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै फर्जी कागजात सार्वजनिक गरेका थिए । त्यसको आरोपमा प्रसाईं प्रहरी नियन्त्रणमा छन् ।

प्रतिकृया दिनुहोस्