काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।