×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

‘मिस अर्थ’ प्रतिस्पर्धाबाट बाहिरियो नेपाल

‘मिस अर्थ’ प्रतिस्पर्धाबाट बाहिरियो नेपाल

काठमाडौं । शानदार प्रस्तुतिको बाबजुद पनि नेपालले ‘मिस अर्थ २०२५’ को अन्तिम २५ मा स्थान बनाउन असफल भएको छ ।

‘ट्यालेन्ट राउण्ड’मा स्वर्ण जितेकी मिस नेपाल अर्थ सोनी घलेले मतदानको आधारमा तय हुने ‘मिस पिपुल्स च्वाइस’मा दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो ।

केही घण्टा शीर्षस्थानमा रहेकी सोनीलाई मतदान सकिने बेलासम्म मेक्सिकोले उछिनेर अन्तिम २५ मा स्थान निश्चित गरेको थियो ।

नेपालले १४,२० प्रतिशत भोट ल्याउँदा मेक्सिकोकी जेनेसिस वेरा फर्नान्डेजले १४,४४ प्रतिशत भोट ल्याएकी थिइन् । यदि नेपालले जितेको भए ७ वर्षपछि सेमीफाइनलमा प्रवेशको इतिहास दोहोर्‍याउने थियो ।

ट्यालेन्ट राउण्डदेखि ‘मिस पिपुल्स च्वाइस’को प्रतिस्पर्धासम्म घलेले अन्तर्राष्ट्रिय मिडियाको समेत ध्यान तान्न सफल भएकी थिइन् । तीव्ररुपमा अपडेट भैरहने वरियताको सूचीमा उनी शीर्षस्थानमा रहन सफल रहिन् । तर, भोटिङ समाप्त हुने बेलासम्म परिस्थिती उल्टियो ।

‘सोनीको गहकिलो र सशक्त प्रस्तुति रह्यो’ मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले अनलाइनखबरसँग भने ।

यसवर्षको मिस अर्थको प्रतिस्पर्धा फिलिपिन्समा जारी छ । ७८ जना वातावरण सुन्दरीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस्