पूँजी बजारमा नियमन कडा पार्न अर्थ समितिको निर्देशन
असोज १४, २०८३काठमाडौं । प्राथमिक शेयर (आईपीओ) निष्कासनदेखि दोस्रो बजारको कारोबार प्रणालीसम्म देखिएका समस्या सम्बोधन गर्न संघीय संसद्को अर्थ समितिले नियामक तथा सम्बन्धित निकायलाई कडाइका साथ काम गर्न निर्देशन दिएको छ । समितिले कम्पनीको वित्तीय अवस्था र प्रतिफलको आधारमा आईपीओ निष्कासन अनुमति दिने व्यवस्था गर्नेदेखि नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम र डाटा प्रणालीको स्तरोन्नति तथा साइबर सुरक्षा बलियो बनाउनसम्मका विषयलाई प्राथमिकतामा राखेको हो ।
सबै पढ्नुहोस