यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट १२ जना पक्राउ
चैत ११, २०८१काठमाडौं । यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सोमबार अपराह्न विराटनगर महानगरपालिका(४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई पक्राउ गरेको हो । सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
सबै पढ्नुहोस