×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सिन्धुलीबाट रामेछाप तर्फ जाँदै गरेको टिप्पर सुनकोशीमा खस्यो, एकजना घाइते

सिन्धुलीबाट रामेछाप तर्फ जाँदै गरेको टिप्पर सुनकोशीमा खस्यो, एकजना घाइते

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका  वडा नम्बर–९ स्थित भण्डारीवेशीमा टिप्पर दुर्घटना भएको छ । गएराति सिन्धुलीको आँपघारीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिप्पर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए । 

गिट्टी लोड गरिएको टिप्पर उकालोमा ब्रेक फेल भएर सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा परेर चालक काभ्रेको भुम्लु गाउँपालिका–१० घर भएका इन्द्र माझी घाइते भएका छन् ।
 

प्रतिकृया दिनुहोस्