हेटौडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
हैटौडास्थित एमाले दलको कार्यालयमा थपलियाविरुद्ध १६ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो । थपलिया हटाएर किरण थापामगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ ।
थापाका अनुसार अरु दुई जना सांसदले पनि मौखिक सहमति दिएका छन् । एमालेले थापालाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।