विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।
बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएको कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जानकारी दिए ।
नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीका मन्त्रीलाई राजीनामा दिन दबाब थियो ।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।
कांग्रेस बाहिरिएपछि अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सहभागी हुनेछ ।