×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

राजावादीले ढुंगामुढा गरेकै घरमा आगलागी

राजावादीले ढुंगामुढा गरेकै घरमा आगलागी

काठमाडौँ । राजावादी प्रदर्शनकारीले ढुंगामुढा गरेकै घरमा शुक्रबार दिउँसो आगलागी भएको छ ।  तीनकुनेबाट नजिकै पर्ने सिनामंगलतर्फको देब्रे साइडको घरमा आगलागी भएको हो । 

आगलागीअघि उक्त घरको सिसामा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट घरको सिसाहरू छियाछिया भएको सार्वजनिक फोटोहरूमा देखिएको छ । त्यसको केही समयअघि उक्त घरमा आगलागी सुरु भएको थियो । आगलागी प्रदर्शनकारीले नै लगाएका हुन् या अन्य कारणले हो भन्नेबारे खुल्न सकेको छैन । 

वर्तमान व्यवस्थाको विरोधमा राजावादी सडकमा आएका हुन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगत्तै झडपको स्थिति बनेको थियो । सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरे भने प्रहरीले पनि पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्यास प्रहार गरे । 

आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ ।  दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ । कार्यक्रम हुँदै गर्दा दुई पक्षीय झडप भएसँगै नेताहरूले सम्बोधन गर्ने मुख्य कार्यक्रम बिथोलिएको हो ।

प्रतिकृया दिनुहोस्