×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला

जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला

काठमाडौं । जनकपुरमा दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ मुरलीचोकस्थित दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो । उनको पहिचान भने भइसकेको छैन ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार आज बिहान साढे ६ बजेतिर प्रहरीले शव रहेको जानकारी पाएको थियो । घटनास्थलको प्रकृति हेर्दा कसैसँग बादविवाद पश्चात ईंटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको छ । घटनास्थलमा रक्सीका बोतल पनि देखिएको छ ।

घटना हिजो साँझ वा रातिको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्