काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १२०० रुपैयाँ घटेर प्रतितोला तिन लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।