आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
चैत ४, २०८१काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो । थापा प्रहरीको ३१ औँ आईजीपी बन्न सफल भएका छन् ।
सबै पढ्नुहोस