रौतहटमा जंगली हात्तीद्वारा ६ घरमा क्षति
पुस २२, २०८१रौतहट । रौतहटको गुजरा नगरपालिका-३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्याएको छ। बिहान साढे दुई बजे आएको एक हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम बहादुर महरा, पूर्ण बहादुर महरा, भुटा महरा र हरेन्द्र पासवानको घरमा क्षति पुर्याएको प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले जानकारी दिए । हात्तीले पुर्याएको क्षति विवरण संकलन भइरहेको उनले बताए
सबै पढ्नुहोस