काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ९० रुपैयाँ घटेर प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।