राजनीतिक दलहरूसँग निर्वाचन आयोगको छलफल जारी
असोज ३०, २०८२काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी छ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो । छलफलमा नेपाली काँग्रेसबाट मीन विश्वकर्मा, नेकपा एमालेबाट गुरु बराल, माओवादी केन्द्रको तर्फबाट देव गुरुङ, रास्वपाका हरि ढकाल, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे लगायत सहभागी छन् ।
सबै पढ्नुहोस