अफगानिस्तानमाथि पाकिस्तानको भिषण आक्रमण, चार सयको मृत्यु
चैत ३, २०८२काठमाडौँ । पाकिस्तानले अफगानिस्तान माथि पुनः हवाई आक्रमण गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी लडाकु विमानले राजधानी काबुलका विभिन्न स्थानमा बम प्रहार गरेका छन्, जसमा एक अस्पताल समेत परेको बताइएको छ । आक्रमणमा करिब ४ सय जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएका छन् । प्रतिवेदनअनुसार दारुलअमान, अरजान किमत, खैरखाना तथा काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा ठूलो विस्फोट र गोलीबारीको आवाज सुनिएको थियो ।
सबै पढ्नुहोस