×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पलेशाको खातामा सरकारले जम्मा ग¥यो ६५ लाख

पलेशाको खातामा सरकारले जम्मा ग¥यो ६५ लाख

काठमाडौँ । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ। 

सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो। यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ। 

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो। बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्रसहित पुरस्कार रकम खातामा गैसकेको जानकारी दिएका हुन्।

प्रतिकृया दिनुहोस्