×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

काठमाडौं । अघिल्लो दिन ३० अंक घटेको सेयर बजारमा मंगलबार झिनो सुधार देखिएको छ । यस दिन बजार परिसूचक नेप्से ६.११ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से २५७६ अंकमा कायम भएको छ । दिउँसो १२:१० बजे बजार २५४७ अंकसम्म झरेको थियो । त्यसपछि सम्हालिएको बजार अन्ततः बढेर बन्द भयो ।
अघिल्लो दिन नेप्से २५७० अंकमा थियो, जुन मंसिर ४ गतेयताकै न्यून हो ।

आज बजारको परिसूचकसँगै कारोबार रकममा सुधार आएको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ८ अर्ब ४१ करोडको भयो । यो कारोबार रकम करिब तीन महिनाकै उच्च हो । यसअघि वैशाख ३ गते ९ अर्ब २० करोडको कारोबार भएको थियो । आजको कारोबार त्यसयताकै धेरै हो ।

१६४ कम्पनीको मूल्य बढ्दा १०१ को घट्यो भने १० को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् । व्यापार सबैभन्दा धेरै १.४७ प्रतिशत बढ्यो ।


बैंकिङ ०.०९, विकास बैंक ०.२९, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.०८, जलविद्युत् ०.२७, लगानी ०.५४, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ०.२०, अन्य ०.१५ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन समूह मात्रै आज ०.१८ प्रतिशत घट्यो ।

उपकार लघुवित्तको मूल्य ९.१९ तथा भगवती हाइड्रोपावरको ५.७७ प्रतिशत मूल्य बढ्यो । मूल्य धेरै बढ्नेमा आज बैंकका लामो अवधिका ऋणपत्र अगाडि रहे ।
सामुदायिक लघुवित्तको मूल्य ८.१० प्रतिशत घट्यो । स्वाबलम्बन लघुवित्तको ४.४७, सुपर खुदी हाइड्रोपावरको ३.६५ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार हुनेमा ऋणपत्र नै अगाडि रहे । कुमारी बैंक डिबेन्चर ९०, एनआईएमबी डिबेन्चर ९०, एसबीआई डिबेन्चर ९०, एभरेस्ट बैंक डिबेन्चर ९१ तथा कृषि विकास बैंक डिबेन्चर ८३ को उच्च कारोबार भयो ।

प्रतिकृया दिनुहोस्