×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानको उजुरीका आधारमा गत बिहीबार दुवै जनालाई नियन्त्रणमा लिएको हो । उखु किसानहरूले मिलले लामो समयदेखि आफूहरूको भुक्तानी नदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार दुवै जनालाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको हो ।

‘किसानहरूको उखुको करोडौं रुपैयाँ भुक्तानी लामो समयदेखि बाँकी रहेको र त्यसबाट हजारौं किसान प्रभावित भएको भन्ने उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ डीएसपी गौतमले भने।

उखु किसानहरूले वर्षौंदेखि आफ्नो बक्यौता रकम नपाएको गुनासो गर्दै आएका छन्। रकम भुक्तानी नहुँदा आफूहरू आर्थिक समस्यामा परेको किसानहरूको भनाइ छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेका मिल सञ्चालकमाथि ठगीसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्