×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पूर्वराज्यमन्त्री पदम राईलाई अन्तिम श्रद्धाञ्जली दिन पेरिसडाँडामा

पूर्वराज्यमन्त्री पदम राईलाई अन्तिम श्रद्धाञ्जली दिन पेरिसडाँडामा

काठमाडौ । पूर्वराज्यमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य पदमबहादुर राईलाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

आज बिहान आयोजित श्रद्धाञ्जली सभामा माओवादी अध्यक्ष प्रचण्ड, नेता तथा कार्यकर्तालगायतले पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । अध्यक्ष प्रचण्डले राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर सम्मान गरेका छन ।

अध्यक्ष प्रचण्डले शोक वक्तव्य जारी गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको उनले बताएका छन ।

पूर्वराज्यमन्त्री राईको ५८ वर्षको उमेरमा शनिबार बेलुकी साढे ६ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्