×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

‘सी व्यापार केन्द्र’को उद्घाटन गर्दै विप्लवले भने : ८४ मा नेपालको राजनीति उथलपुथल हुन्छ

‘सी व्यापार केन्द्र’को उद्घाटन गर्दै विप्लवले भने : ८४ मा नेपालको राजनीति उथलपुथल हुन्छ

काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले २०८४ नेपालको राजनीति उथलपुथल हुने दाबी गरेका छन् । सोमबार बुढानीलकण्ठमा पार्टीले सञ्चालनमा ल्याएको ‘सी व्यापार केन्द्र’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ कायाकल्प हुने दाबी गरेका हुन् ।

‘२०८४ सामान्य हुँदैन । उथलपुथल हुन्छ । कायाकल्प हुनसक्छ । एकपटक हामीले नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ । नेपालको राजनीतिलाई आकासबाट धर्तीमा उभ्याउन चाहन्छौँ । नेपाली जनताले एक पटक समाज हेर्न चाहेका छन् । आगामी निर्वाचनमा समाजवादी शक्ति एक भएर चुनावमा भाग लिन्छौँ’, उनले भने । 

कार्यक्रममा उनले आफू सत्ताकै लागि राजनीति गरेको भन्दै कसैसँग मागेर नभइ आफ्नै शक्तिमा सत्ताको नेतृत्व गर्न चाहेको जिकिर गरे ।  ‘यहाँ प्रधानमन्त्री बन्न चाहना राख्नुभयो भन्नुभयो । हामीले सत्ता दिनोस् हजुर भनेर मागेको होइन’, उनले भने, ‘सत्ता नै नभए राजनीति धरापमा पर्छ । सत्ताकै लागि हामीले राजनीति गरेको हो । यो माग्ने चिज होइन नैसर्गिक अधिकार हो ।’

नेकपाले आज देखि काठमाडौंको बुढानिलकण्ठमा ‘सी व्यापार केन्द्र’ सुरु गरेको छ । सी व्यापार केन्द्र उद्घाटनमा नेपाल कम्युनिस्ट पार्टीको महासचिव विप्लव सी ,पुर्व प्रधानमन्त्री तथा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ,नेकपाको प्रवक्ता प्रकान्ड, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत नेता र व्यवसायिहरुको  उपस्थिति रहेको थियो । 

सी व्यापारीक केन्दमा कास्कीमा उत्पादन भएको जेठो बुढो चामल, कपिलवस्तुको जिरा मसिनो चामल, मोटो चामल, बाग्लुङको टिमुर, चितवनको तोरी, चिउरीको मह, तोरीको मह, विषादी रहित धान, संखुवासभाको चिया(ग्रिन टि), सख्खर, कालिकोटको भैँसीको घिउ, कपिलवस्तुको कोलमा पिनेको तेल, जुम्लाको कागुनो, रातो मार्सी चामल, गुल्मीको बेसार, कपिलवस्तुको सुकुटी, गुल्मीको सखर, नुवाकोट ककनीको स्ट्रबेरी, काठमाडौमा उत्पादन भएको अचार र दोलखामा उत्पादन भएको आलु पाउन सकिने छ । 

प्रतिकृया दिनुहोस्