×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

कक्रोच जनता पार्टीले घोषणा गर्‍यो ३ प्रवक्ता

कक्रोच जनता पार्टीले घोषणा गर्‍यो ३ प्रवक्ता

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले तीन जना प्रवक्ताको नाम घोषणा गरेको छ। आधिकारिक एक्स ह्यान्डलमार्फत यसको जानकारी दिइएको हो।

कक्रोच जनता पार्टीले एक्समा लेखेको छ, ‘नियुक्त गरिएका तीन प्रवक्ताले जनता र सञ्चारमाध्यम सामु आन्दोलनसँग जोडिएका कुराहरू राख्नेछन्।’

सीजेपीले भनेको छ, ‘खोज पत्रकार सौरभ दासलाई मुख्य प्रवक्ता बनाइएको छ। लेखक तथा चलचित्र निर्माता विजेता दहिया र आईआईटी कानपुरका पूर्व विद्यार्थी आशुतोष रांकाले पनि प्रवक्ताको जिम्मेवारी निर्वाह गर्नेछन्।’

एक्स पोस्टमा अगाडि लेखिएको छ, ‘सीजेपी भारतको राजनीतिको भाषा र सोच बदल्नका लागि काम गरिरहेको छ र यो काम नयाँ पुस्ताका नेताहरूको नेतृत्वमा अगाडि बढ्नेछ।’

कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले पार्टीले जुन ६ मा भारत फर्कने बताएका छन्। उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर(मन्तरमा विरोध प्रदर्शन गर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्