×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौँमा भूकम्पको धक्का महसुस, ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौँमा भूकम्पको धक्का महसुस, ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ ।

तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।

गत पुस २३ गते तिब्बतकै सिगात्सेस्थित दिङ्गे काउन्टीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस्