भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला

भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला

काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् । मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताए ।

उनका अनुसार आफू बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा पासवान मृत भेटिएका हुन् । प्रहरीले घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ ।

उनी थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए । सरकारले त्यहाँका टहरा भत्काएपछि उनी पछिल्लो समय होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्