काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।