काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ४ हजार २ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ९५ बढेर प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।