×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक

महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक

काठमाडौं । आउँदो जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह विभाजनसँगै खेलतालिका पनि सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । जसअन्तर्गत आयोजक नेपाल समूह ‘बी’मा परेको छ ।

नेपालसहित १० टोली सहभागी हुने प्रतियोगिता जनावरी १४ देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ । जनवरी १४ र १६ मा वार्म अप तथा जनवरी १८ देखि मुख्य खेलहरू सुरु हुनेछन् ।

समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छ । यस्तै समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन् ।

नेपालले आफ्नो पहिलो खेलमा १८ जनवरीमा थाइल्यान्डसँग माथिल्लो मुलपनी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको थियो ।

यस प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू सुपर सिक्समा छनोट हुनेछन् । सुपर सिक्सबाट शीर्ष ४ टोलीहरू सन् २०२६ मा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।

प्रतिकृया दिनुहोस्