विराटनगर । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् । अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेबाट घर र अफिस घेराउ गरी छापा मारेको हो ।
देवनरा समूहले मुख्यरुपमा चाँदीको कारोबार गर्छ । बाबा आयल र हाइलाइफ चप्पल उद्योग पनि सञ्चालन गर्छ । देवनरा समूहको नेतृत्वमा रहेका प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशको उपाध्यक्ष हुन् ।