काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १२० रुपैयाँ बढेर प्रतितोला ३ हजार १ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।