×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपाल अपराजित, सुपर फोर खेल्ने

एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपाल अपराजित, सुपर फोर खेल्ने

काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित रहँदै सुपर फोर खेल्ने भएको छ ।

मंगलबार भएको खेलमा नेपालले भारतसँग अंक बाँडेपछि नेपाल समूह चरणमा अपराजित रहेको हो । समूह चरणको दोस्रो खेलमा वर्षा बाधक बनेपछि नतिजा नआउँदा नेपाल र भारतले अंक बाँडेका हुन् ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८.० को अवस्थामा खेल्दा पानी परेपछि खेल रोकिएको थियो । खेल त्यसपछि सुरू हुन सकेन र नतिजा नआएपछि अंक बाँडेका हुन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएकी थिइन् ।

नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको थियो । पाकिस्तान भारतसँग पनि पराजित भएको थियो ।

नेपाल समूह बी मा दोस्रो स्थानमा रहेर सुपर फोरमा प्रवेश गरेको हो । भारतसँग अंक बराबर भएपनि नेटरनरेटमा नेपाल केही पछि पर्यो ।

अब सुपर फोरमा भारत र नेपालसँगै श्रीलंका र बंगलादेश खेल्ने छन् । शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

प्रतिकृया दिनुहोस्