×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सुनसरी घटनापछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समिति बैठक

सुनसरी घटनापछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समिति बैठक

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । सिंहदरबास्थित गृह मन्त्रालयमा केहीबेरदेखि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।

सुनसरीमा गएराति घटेको घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो । घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन भइसकेको छ ।

गृह मन्त्रालयको अध्यक्षतामा हुने केन्द्रीय समितिमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि सहभागी छन् ।

उनीहरुले सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दै आवश्यक रणनीति बनाउने बताइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर गएराति एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

तर कर्फ्यू उल्लङ्घन गर्दै सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।

सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग आज मन्त्रालयमा छलफल आयोजना गरेका थिए । सो छलफलपछि सुनसरी घटना छानबिनका लागि गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ । सो समितिले यस्ता घटना दोहोरिन नदिन केके गर्ने भनेर सुझाव समेत दिनेछ ।

प्रतिकृया दिनुहोस्