×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

अनर ६०० लाइट नेपालमा, १०८ एमपी क्यामेरा भएको फोन प्रि-बुकिङमा १६ हजारको स्मार्टवाच निःशुल्क

अनर ६०० लाइट नेपालमा,  १०८ एमपी क्यामेरा भएको फोन प्रि-बुकिङमा १६ हजारको स्मार्टवाच निःशुल्क

काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी अनरले आफ्नो नयाँ स्मार्टफोन अनर ६०० लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, उत्कृष्ट प्रविधि र एआई फिचरयुक्त यो फोनले प्रयोगकर्तालाई स्मार्टफोन प्रयोगमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । 

प्रिमियम मेटल–शिल्ड बडीका साथ आएको फोनमा ६.६ इन्चको एमोलेड डिस्प्ले रहेको छ । जसमा १२० हर्ज रिफ्रेश रेट दिइएको छ । यसले प्रयोगकर्तालाई फोन प्रयोग गर्दा स्मुथ स्क्रोलिङका साथै भिडिओ हेर्दा वा गेम खेल्दा राम्रो अनुभव प्रदान गर्नेछ । मिडियाटेक डाइमेन्सिटी ७१०० इलाइट प्रोसेसर युक्त फोनमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज दिइएको छ । जसले फोनको पर्फमेन्सलाई थप प्रभावकारी बनाउने दाबी कम्पनीको छ । 

फोटोग्राफीका लागि फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा राखिएको छ । जसले स्पष्ट र डिटेल फोटो खिच्न सहयोग गर्छ । साथै, फोनमा नयाँ ‘एआई क्यामेरा बटन’ पनि दिइएको छ, जसले छिटो क्यामेरा एक्सेस गर्न र एआई फिचरहरू प्रयोग गर्न सजिलो बनाउँछ । 

फोनमा ६५२० एमएएच क्षमताको क्षमताको ठुलो ब्याट्री दिइएको छ, जसले लामो समयसम्म फोन प्रयोग गर्न सकिने हुन्छ  । 

कम्पनीका अनुसार नेपाली बजारमा यो फोनको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । नेपालभरका आधिकारिक स्टोरहरूमा उपलब्ध हुने यो फोन सार्वजनिक भएको अवसर पारेर कम्पनीले विशेष अफर पनि ल्याएको छ । 

जसमा प्रि-बुकिङ गर्ने ग्राहकहरूले १५ हजार ९९९ रुपैयाँ बराबरको अनर च्वाइस वाच २ प्रो निःशुल्क पाउनेछन् । 

प्रतिकृया दिनुहोस्