×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी

अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ ।

शनिबार बिहान करिब ५ बजेको समयमा न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो । विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्यूटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् ।

उद्योगका सञ्चालक श्रीराम गुप्ताले आगलागीबाट करिब २ करोड ३२ लाख बढी मूल्य बराबरको क्षति भएको  बताए ।

सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीबासीको सहयोगमा आगो निभाइएको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले बताए ।

आगलागी बिहान ८ बजे मात्रै नियन्त्रणमा आएको स्थानीय रामदयाल गुप्ताले बताए ।

प्रतिकृया दिनुहोस्