×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

गोलभेँडाको भाउ बढ्यो

गोलभेँडाको भाउ बढ्यो

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको भाउ बढेको देखाएको हो । कालीमाटी बजारमा बुधबार प्रतिकिलो ४६ रुपैयाँ थोक मूल्य रहेको लोकल गोलभेँडा आज प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै तराई गोलभेँडा (सानो) को भाउ पनि आज बढेको छ । आज तराई गोलभेँडा (सानो) प्रतिकिलो थोक मूल्य ४२ रुपैयाँ कायम छ । हिजो भने उक्त गोलभेँडा प्रतिकिलो ३९ रुपैयाँमा किनबेच भएको थियो ।

भारतीय गोलभेँडाको मूल्य भने स्थिर छ । भारतीय गोलभेँडा आज प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिकृया दिनुहोस्