×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पल्टिएको ट्रक पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक सुचारु

पल्टिएको ट्रक पन्छाएपछि नारायणगढ–मुग्लिङ सडक सुचारु

चितवन । वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पल्टिँदा अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक सुचारु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार  ट्रक अन्यत्र सारिएपछि सडक सुचारु भएको हो । दुर्घटनामा मानवीय क्षति भने  नभएको उनले  बताए ।

सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका थिए । हाल सडक सुरु भए पनि लामो जामका कारण यात्रु सकसमा परेका छन् । 

प्रतिकृया दिनुहोस्