×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मापदण्ड विपरीत इन्चार्ज टु इन्चार्जमा सरुवा भएका एसएसपी कोइरालाको सरुवा रोकियो

मापदण्ड विपरीत इन्चार्ज टु इन्चार्जमा सरुवा भएका एसएसपी कोइरालाको सरुवा रोकियो

काठमाडौं । मापदण्ड विपरीत इन्चार्ज टु इन्चार्जमा सरुवा भएका एसएसपी शान्तिराज कोइरालाको सरुवा रोकिएको छ ।

१८ जेठमा मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएका एसएसपी थापाको सरुवा रोकिएको हो । उनको ठाउँमा ट्राफिकको नयाँ एसएसपीको रूपमा सुरेश काफ्लेलाई सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता दीपशमशेर जबराले बताए ।

कोइराला नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साको कमान्ड गरेका थिए । उक्त कमान्डबाट उनको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा गरिएको थियो ।

सरुवालाई व्यवस्थित गर्न भन्दै नेपाल प्रहरीले सरुवा मापदण्ड बनाएर कार्यान्वयनमा ल्याएको छ । मापदण्ड मा क, ख, ग भनेर श्रेणीहरू छुट्टाइएको छ । जसमा मुद्दाको चाप, कामको चाप तथा प्रकृतिहरूको आधारमा वर्गीकरण गरिएको हुन्छ ।

कोइरालाले कमान्ड गरेको नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज ख श्रेणीमा पर्छ । ख श्रेणी भए पनि उनी त्यहाँ इन्चार्ज थिए ।

एक ठाउँको इन्चार्जको कमान्ड गरिरहेका व्यक्तिलाई सोझै अर्को ठाउँको इन्चार्जको रुपमा सरुवा नगरिने मापदण्ड मा उल्लेख गरिएको छ । तर कोइरालाको हकमा भने इन्चार्ज टु इन्चार्ज सरुवा गरेर मापदण्ड मिचिएको थियो । मापदण्ड मिचेर सरुवा गरिएको बारे अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो । अहिले भने सरुवा करेक्शन गर्दै कोइरालाको ठाउँमा काफ्लेलाई ट्राफिकको इन्चार्ज बनाएर पठाइएको हो ।

प्रतिकृया दिनुहोस्