अघिल्लो दिनकै अंकमा २६४१ मा थामियो सेयर बजार अघिल्लो दिनकै अंकमा २६४१ मा थामियो सेयर बजार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

अघिल्लो दिनकै अंकमा २६४१ मा थामियो सेयर बजार

अघिल्लो दिनकै अंकमा २६४१ मा थामियो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार अघिल्लो दिनकै अंक २६४१ मा थामिएको छ । अघिल्ला तीन दिन लगातार घटेको बजार आज ०.७९ अंक धनात्मक रह्यो । नेप्से परिसूचक २६४१.८५ अंकमा कायम भएको छ ।

कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ११ करोडको भयो । १३३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो भने २० को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.३२, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.०५, लगानी ०.०७, जीवन बीमा ०.०९ तथा अन्य ०.०३ प्रतिशत बढे । विकास बैंक ०.१०, फाइनान्स ०.०७, उत्पादन तथा प्रशोधन ०.०८, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.४० तथा व्यापार ०.७७ प्रतिशत घटे ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब ३८ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३४ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड, माइक्रोफाइनान्सको २९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढ्यो त्यस्तै हिमस्टार ऊर्जाको ३.७४, अपरहेवाखोलाको ३.६० प्रतिशत बढ्यो ।

महिला लघुवित्तको १४.९१ प्रतिशत मूल्य घट्यो । सप्तकोशी विकास बैंकको ३.९५, फस्र्ट माइक्रोफाइनान्सको ३.५५ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिडी पावर, ङादी ग्रुप, खानीखोला हाइड्रोपावर र फर्स्ट माइक्रोफाइनान्स क्रमशः अगाडि रहे ।
 

प्रतिकृया दिनुहोस्